दफा २४
पठनपाठनको प्रबन्ध मिलाउनु पर्ने
(१) कारागार प्रशासकले बन्दीको पठनपाठनको लागि-आवश्यक प्रबन्ध मिलाउनु पर्नेछ।

(२) कारागार प्रशासकले तोकिएको सङ्ख्याभन्दा बढी सङ्ख्यामा बन्दी रहेको अवस्थामा आवश्यकता अनुसार आधारभूत शिक्षा, माध्यमिक शिक्षा, खुला शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा वा दूर शिक्षाको लागि आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।

(३)/ कारागार प्रशासकले निरक्षर बन्दीलाई वैकल्पिक शिक्षा, अनौपचारिक शिक्षा वा त्यस्तै अन्य प्रकृतिको पठनपाठनको लागि आवश्यक प्रबन्ध मिलाउनु पर्नेछ।

(४) उपदफा (३) बमोजिमको पठनपाठनको लागि कारागार प्रशासकले कारागारमा रहेका बन्दी मध्येबाट शिक्षकको रुपमा तोक्न सक्नेछ। (५) उपदफा (४) बमोजिम तोकिएको शिक्षकलाई सम्बन्धित तहको लागि निर्धारण भए बमोजिमको पारिश्रमिक र सुविधा दिनु पर्नेछ।

(६) उच्च शिक्षाको परीक्षा दिनु पर्ने बन्दीलाई कारागार प्रशासकले त्यस्तो परीक्षामा सहभागी हुने व्यवस्था मिलाई दिनु पर्नेछ।

(७) कारागार प्रशासकले बन्दीको आचरणमा सुधार वा सकारात्मक विचार प्रवर्द्धन गर्ने उद्देश्यले नैतिक शिक्षा, योग अभ्यास, ध्यान जस्ता कार्यक्रम सञ्चालन: गर्न सक्नेछ।

(८) कारागार प्रशासकले बन्दीलाई आवश्यक अध्ययन सामग्री उपलव्ध गराउनु पर्नेछ।